कर्णाली प्रदेश सरकार
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय
वीरेन्द्रनगर, सुर्खेत
नागरिक बडापत्र

१.

उद्देश्य

क) कृषियोग्य जमिनमा सिँचाइका लागि पानी पुर्याई कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउनु,
ख) भू-क्षयस्थलमा तटबन्ध सम्बन्धी कार्य गर्नु गराउनु,
ग) नागरिकहरुलाई स्वच्छ, सफा, सुरक्षित खानेपानीको पहुँच पुर्याउनु,
घ) नागरिकहरुलाई गुणस्तरीय ऊर्जाको पहुँच पुर्याउनु।

२.

सेवाका प्रकार

(क) प्रदेशस्तरको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, सम्भार र नियमन
(ख) खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
(ग) सर्वसाधारणलाई स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडिएका वर्गको पहुँच सुनिश्चितता
(घ) प्रदेशस्तरको ऊर्जा, विद्युत, सिँचाइ, खानेपानी, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान, नीति, कानून, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत सम्भार, समन्वय र नियमन
(ङ) प्रदेशस्तरमा उर्जा, विद्युत, सिँचाइ तथा खानेपानी सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन
(च) ऊर्जा, विद्युत, सिँचाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड निर्धारण र नियमन
(छ) राष्ट्रिय जलस्रोत नीति र संघीय योजना बमोजिम प्रदेश सीमा नदीका जलउपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, संचालन, सम्भार र व्यवस्थापन
(ज) प्रदेशभित्रको जलस्रोत उपयोग तथा नदी संरक्षण सम्बन्धी योजना तथा गुरु योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन
(झ) प्रदेशभित्रको जलस्रोत उपयोग हुने आयोजनाहरूको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र सञ्चालनमा समन्वय
(ञ) प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीतिको तर्जुमा तथा कार्यान्वयन, प्रविधि विकास र व्यवस्थापन
(ट) मौसम र जलमापन सञ्चार सञ्जाल व्यवस्थापन
(ठ) जलगुण तथा वायूगुण सम्बन्धी प्रयोगशाला व्यवस्थापन।

३.

सेवा प्रदान गर्ने
कार्यालयहरु र स्थान

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश तथा मातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र अन्य 9 जिल्लामा स्थापित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयहरु

४.

कार्यगत स्तरको प्रचार

योजना संचालन गर्नुअघि स्थानीय स्तरमा गरिने भेला केन्द्रीय र जिल्लास्तरमा गरिने गोष्ठी तथा सेमिनार विभागका प्रकाशनहरु, वार्षिक कार्यक्रम एवम् प्रगति विवरणहरु।

५.

सेवाको गुणस्तर

स्वीकृत नम्स एवम् स्पेसिफिकेशनमा तोकिए अनुसार,

६.

सूचना एवम् पहुँच

व्यक्तिगत सम्पर्क, कार्यालयका सूचनापाटी, पत्रपत्रिका, इमेल, एवम् वेभसाइट

७.

उजुरी प्रकिया

मौखिक, लिखित

८.

समय सिमा

गुनासो/उजुरीको आधारमा समयमै सुनुवाई गर्ने।

९.

समाधानको व्यवस्था

गुनासो/उजुरीको आधारमा कार्यालय प्रमुख/सचिव/मन्त्रीज्यूबाट व्यवस्थापन हुने।

१०.

सेवाग्राही समूहहरु

मातहतका कार्यालय सबै/सिँचाइ/खानेपानी/ऊर्जा/तटबन्ध सम्बन्धी उपभोक्ता समूहहरु

११.

सेवा उपलब्ध हुने प्रकियाहरु

सिँचाइ/खानेपानी/ऊर्जा/तटबन्ध सम्बन्धी सेवा उपलब्ध गर्न चाहने उपभोक्ताहरुको माग भएपछि वा पहिचान भइसकेको योजनाहरुमध्ये प्राथमिकताका आधारमा विस्तृत इन्जिनियरिङ, अध्ययन गर्दा सम्भाव्य देखिएका योजनाहरुलाई स्रोतको व्यवस्था गरी निर्णय गरिने।

१२.

सम्बन्धित ऐन नियमहरु

जलस्रोत ऐन तथा नियमावली, सिँचाइ, नीति, सिँचाइ नियमावली, खानेपानी सम्बन्धी ऐन नियम, नीति नियमावली, ऊर्जा तथा विद्युत ऐन, नियम तथा नियमावली, आर्थिक कार्यविधि ऐन तथा नियमावली, निजामती सेवा ऐन तथा नियमावली लगायत अन्य प्रचलित कानूनहरु।

१३.

सेवा बापत लाग्ने दस्तुर

जनसहभागिता परिचालन गरि निर्माण/मर्मत गरिने योजनाहरुमा सिँचाइ, खानेपानी, तटबन्ध तथा ऊर्जा सम्बन्धी ऐन, कानून, नीति नियममा उल्लेख भए अनुसारको सेवा दस्तुर।

१४.

लाग्ने समय

नियमानुसार लाग्ने समय

१५.

सम्पर्क राख्नुपर्ने व्यक्ति

योजना, डिजाइन तथा कार्यान्वयन शाखा/महाशाखा प्रमुख

१६.

उजुरी, गुनासो सुन्ने व्यक्ति

उजुरी/गुनासोको आधारमा सम्बन्धित कार्यालय प्रमुख/सचिव/मन्त्री